साझा नेटवर्क
सूर्य सुनार, गुल्मी पौष १३ ।
नेपाली कांगेशका नेता चन्द्र केसीले प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको कारणले संसद् विघटन भएको बताएका छन् । संसद विघटनविरुद्ध गुल्मी क्षेत्र नम्बर १ ले गौडाकोटमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालको लोकतान्त्रीत संविधान कम्युष्टि बाट बच्न नसक्ने बताएका छन् । हामी धेरै लडाई लडियौ, र पच्यात फालेयौ, राणा फालेयौ, अब अन्तिम लडाई कम्युनिष्ट संगको लडाइ भएको नेता केसीले बताए । त्यसैले सम्पुर्ण कार्यकर्ता लाई उहाँले एक ढिक्का हुन् पनि आग्रह गरेका छन् । स्वास्थ्य सामाग्री खरिद गरेकै बेला कांग्रेसले ओली सरकारले शासन गर्ने नैतिक आधार गुमाएको ठहर गरेको पनि केसीले बताए।

नेपाली कांगेशका नेता पारिश्वर ढकाल, अशोक कुमार थापा, वेद कुमार थापाले नेपालको संविधान विपरित संसद विघटन गरेको बताए । नेकपा सरकारले जनताको मतको अपमान गरेको बताएका थिए । नेकपा सरकार बने पछि आफना मान्छेलाई मात्र हेर्ने प्रवृत्ति बनेको नेताहरुले बताएका थिए ।
नेपाली कागेश नेता विष्णु बलाल, भरत भलामीले नेकपा सरकारले देशको विकास कुनै पनि हाल्तमा गर्न नसक्ने बताएका छन् । कुनै काम गर्न परो भने भ्रष्टचार गर्ने मान्छेले देशको विकास गर्न नसक्ने बताएका हुन् । आज १६५ निर्वाचन क्षेत्रबाट संसद विघटन विरुद्ध देश व्यापि रुपमा आन्दोलन भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend