साझा नेटवर्क
प्रकाश थापा,काठमाण्डौं,पुस १३ ।
आजभोली प्रायःमानिसहरु विभिन्न अवसरमा खुसीयाली मनाउन लाखौ रुपैया खर्च गर्ने गर्छन भने कुनै यस्ता पनि हुन्छन जसले जन्मदिनको खर्च कटाएर गरीब दिनदुःखीहरु लाई सहयोग गर्दछन् । ती मध्ये एक हुन् गुल्मीका हिरेन्द्र खत्री ।
गुल्मी धुर्कोट गाउँपालिका वडा नं–२ पिपलधारा घरभई लामो समय क्यानाडालाई कर्मभूमी बनाएका हिरेन्द्र खत्री र अन्जु खत्रीको नातिनी तथा लिङ्कन र मनुखत्रीको छोरीको जन्मदिनको अवसरमा काठमाण्डौं बानियाटार फुुटुङमा रहेको नवजीवन परोपकार तथा बुढनिलकण्ठ गल्फुटारमा रहेको रिमा साइराम सेवाघरमा रहेका असहायहरुको लागि विहानको खानाको व्यवस्था गरेका छन् ।
परोपकारी मनका धनी उक्त खत्री परिवारले आफ्ना परिवारका सदस्यहरुको जन्मदिन वार्षिकोत्सवमा हुने खर्च कटाएर हरेक वर्ष विभिन्न सामाजिक संस्था,मानवसेवा आश्रममा रहेका वृद्धवृद्धा, अशक्त र असहायहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend