साझा नेटवर्क
साझा नेटवर्क,काठमाण्डाै पुस १३ ।
प्रतिनिधि सभा विघटनकाे विराेधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (साेमबार) देशभर विरोध प्रदर्शन छ ।
देशभर १ सय ६५ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले विरोध पर्दशन गरेको हो । हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा भइरहेका छन् । विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् । यसैबीच विरोध प्रदर्शनका कारण काठमाण्डौ उपत्यकामा जाम बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कोटेश्वर, बालकुमारी, कलङ्की, नारायणगोपाल चोकलगायतका ठाउँमा जाम बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गर्नुभएसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ । संसद् विघटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई समूहमा विभाजित भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend