logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा धान उत्पादन बृद्धि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी पुस १३ ।

गुल्मीमा यो वर्ष धान उत्पादन बृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले दिएको उत्पादनको तथ्याङ्ककका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा बृद्धि भएको हो ।यसवर्ष १० हजार ४५० क्षेत्रफलमा लगाईएको धान वालिमा ३१ हजार १७५ म्याट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक हरिप्रसाद आचार्यले जानकारी दिए । गतवर्ष भन्दा ३ हजार मेट्रिक टन उत्पादन बृद्धि भएको छ । गतवर्ष जिल्लाको बिभिन्न ठाउमा रहेको कुल १० हजार ४ सय ३५ क्षेत्रफलमा लगाईएको धान वालिमा २८ हजार म्याट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।जिल्लामा गतवर्ष भन्दा यसवर्ष क्षेत्रफल पनि बृद्धि भएको थियो । समयमा पर्याप्त पानी पर्नुको साथै लामोसमयसम्म कोरोना महामारीले गर्दा लकडाउन चलेकाले काम गर्ने जनसक्ती गाउँमै रहेकाले बाँझो खेतमा पनि खेती गरेकाले उत्पादन र क्षेत्रफल बृद्धि भएको हो । यसवर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको थियो ।

अघिल्लो वर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ ।
भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जस मध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा वर्खे धानि वालि रोपिदै आएको छ । भने ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।जिल्लामा सबैजसो ठाउमा सिचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछी खेतीयोग्य जमिन बाझो हुनेक्रम पनि वढ्दै जान थालेको थियो । तर यसवर्ष धेरै जसो बाँझो जमिनमा खेती गर्न फेरि सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend