logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा कालीगण्डकी केन्द्रिय राजनितिक गतिबिधीमा सहभागी नहुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, पौष १२ ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा कालीगण्डकी गाउँ कमिटीको बैठकले पार्टीको कुनै पनि गतिबिधीमा सहभागी नहुने निर्णय गरेको छ । आज आइतबार बसेको कमिटीको बैठकले संसद बिघटन तथा पछिल्ला गतिबिधी नेपाली जनताको चाहना बिपरित चालिएको कदम भएको निश्कर्स निकाल्दै जनताको आशा एवम बिश्वास बिपरीत भएको ठानेको छ ।

बैठकमा धारणा राख्दै नेकपा कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष रामजी ढकालले फुटगत र गुटगत राजनिती छाडेर नेताहरुलाइ सहमतीमा जान अनुरोध गर्नुभएको छ ।

‘जनताको मतको दुरुपयोग हुनु दुर्भाग्य हो ।अध्यक्ष ढकालले भन्नुभयो, ‘यसमा सहभागी हुन जरुरी छैन ।’ बैठकले कार्यकर्तालाइ समेत ओली र प्रचण्ड नेपाल समुहको कुनै पनी कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको छ ।

नेकपा कालिगण्डकी गाउँ कमिटिद्वारा जारी गरिएको विज्ञप्तिमा यस्तो लेखिएको छ  ।

पछिल्लो राजनितिक घटनाक्रम हरु संसद विघटन ,पाटी बिभाजन लगाएतका घटनाक्रमहरु जग जाएर नै छन् ।  जुन नेपाली जनताको आसा बिश्वास बिपरित रहेको सर्ब बिधितै छ ।

सोका कारण आम जनता कार्यकर्ता लगायतमा उत्पन्न चिन्ता प्रती गम्भीर हुँदै नेतृत्व पंतिलाई फुटगत गतिविधि रोकी एकताको वाताबरण निर्माण थाल्न अनुरोध गर्दछौं ।

हाललाई कमरेड केपी शर्मा ओली कमरेड प्रचण्ड माधव कुमार समुहका दुबै गतिविधीमा सहभागी नहुने र सो खालका गतिविधीमा सहभागी नहुन मताहतका सम्पुर्णमा विनम्र अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend