logo
  • सोमबार, असोज १२ २०८३

संसद विघटनको विरोधमा जसपाद्वारा वीरगंजमा प्रदर्शन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

वीरगंज, पौष १२ ।
जनता समाजवादी पार्टीले संसद विघटनको विरोधमा वीरगंजमा प्रदर्शन गरेको छ। घण्टाघरबाट निकालिएको विरोध र्‍याली नगर परिक्रमा गरी पुनः सोही ठाउँमा सभा गरेको थियो । सभामा प्रदेशसभा सदस्य रमेश पटेल, करीमा बेगम, केन्द्रीय सदस्य शिव पटेल, शशिकपूर मियाँ, मुनि श्रीवास्तव, पार्टीका महानगर अध्यक्ष ओमप्रकाश सर्राफ, युवा नेता सुजित गिरीलगायतले संविधान पुनर्स्थापना नहुन्जेल जसपाले आन्दोलन जारी राख्ने बताए।

संविधानमा नभएको व्यवस्थाको दफा उल्लेख गरी प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद भंग गरेकी थिइन् । असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी तरिकाले संसद विघटन गर्दा जसपाले करिब एक सातादेखि सडकमा विविध कार्यक्रम मार्फत विरोध प्रदर्शन गर्दै आएको छ।

नेपाली जनताले दिएको अभिमतको अपहेलना गरेको भन्दै उनीहरूले संसद विघटनको निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरे। संसद विघटन कुनै पनि हालतमा मान्य नहुने र यसको विरोधमा जसपाले आन्दोलन गर्न पछि नपर्ने वक्ताहरुले बताएका छन्।

जसपा पर्साका अध्यक्ष रामनरेश यादव र जगदीश पटेलको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण सचिव तबरेज अहमदले गरेका थिए। तत्कालिन राजपा र समाजवादी पार्टी जिल्ला तहमा एकता भएपनि जिल्ला अधिवेशन नहुँदा दुवै दलका नेताहरुले विरोध प्रदर्शनमा उत्साहपूर्ण तरिकाले सहभागिता जनाइरहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend