logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा प्यूठानको पार्टी कार्यालय ओली पक्षको कब्जामा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,प्यूठान पुस १२ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानको जिल्ला पार्टी कार्यालय प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधरले कब्जामा लिएका छन् ।केन्द्रमा पार्टी फुटको अन्तिम संघारमा रहेका बेला आईतबार ओली समूह पक्षधर युवा संघ नेपालले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।
ओली पक्ष युवा संघ नेपालका केन्द्रीय सदस्य बिनोद ओलीको नेतृत्वमा पार्टी कार्यालय कब्जामा लिएको नेकपा जिल्ला नेता लिला जिसीले जानकारी दिए । तत्कालीन एमालेले रगत पसिना बगाएर बनाएको पार्टी कार्यालयमा अन्यलाइ घूसपैठ हुन नदिने युवासंघका केन्द्रीय नेता वलीको भनाइ थियो ।

बिजुवारस्थित उमेश स्मृती प्रतिस्थान कार्यालय तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष तुलसीराम शर्माको कार्यकालमा बनेको थियो । पुर्व एमालेका जिल्ला नेताले दिएको जग्गामा सो भवन निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend