साझा नेटवर्क
साझा नेटवर्क, कतार पौष ११।
“तन, मन, वचन र कर्मले सेवा गरौं” भन्ने मुल नारा सहित २००३मा कतारमा स्थापना भएको गोरखा सेवा समाज कतारले ११औं साधारणसभा सम्पन्न गरेको छ । गत बिहिवार सम्पन्न उक्त साधारणसभाले रामजी खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको ११ औं साधारणसभाबाट बरिष्ठ उपाध्यक्षमा ओमराज गुरुङ, उपाध्यक्षमा जुम्मादिन मिया (करिम) बिमल न्यौपाने, महासचिवमा बिकाश श्रेष्ठ, सचिवमा गोर्कण भट्टराई, अर्जुन संग्रौला, कोषाध्यक्षमा सुजन धिताल, सह-कोषाध्यक्षमा जानु थापा मगरलाई चयन गरेको छ ।
त्यस्तै गोरखा नगरपालिका संयोजकमा हरि अर्याल,पालुङटार नगरपालिका संयोजकमा बिजय अधिकारी, बारपाक सुलिकोट गाउपालिका संयोजकमा पूर्ण बहादुर गुरुङ, आरुघाट गाउपालिका संयोजकमा शिशिर गुरुङ, अजिरकोट गाउँपालिका संयोजकमा प्रेम बहादुर गुरुङ, सिरान्चोक गाउँपालिका संयोजकमा सुर्य गुरुङ रहेकाछन् भने सदस्यहरुमा हरुणदिन मियाँ, राजाराम शाही, नारायण पोख्रेललाई चयन गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend