logo
  • सोमबार, असोज १२ २०८३

जाडोमा विपन्नको सहारा बन्दै युवा कपिलवस्तु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सिर्जना आचार्य,कपिलवस्तु पुस १०।

निरन्तर रुपमा सामाजिक काममा सक्रिय युवा कपिलवस्तुले जाडोमा असहायलाई सहारा दिएको छ । हिजो वाणगंगा नगरपालिकाको बैदौलीमा १६ वर्षदेखी बाटोको किनारमा बस्दै आएकी बृद्धलाई जाडो छेक्ने अस्थायी घर बनाइदिएका छन ।युवाहरुले न्यानो कपडा दिएर वृद्धलाई जाडो बाट बच्न पनि सहयोग गरेका छन । वडाले पनि उनको लागि स्थायी घर बनाउन जग्गा खोजेर तयार पारेको छ । त्यसैगरी केही दिन देखि चलिरहेको कपडा बैंकबाट पनि युवाले करिब ४५ परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।अहिले युवा कपिलवस्तुबाट मधु सुदन भुषाल कोपिला गिरि सृजना आचार्य पशुपति गिरि माधव आचार्य सरोज घिमिरे लक्ष्मण सापकोटा सागर बन्जाडे सक्रिय रुपमा यो अभियान सफल पार्न लागिरहेका छन । यसलाई थप व्यवस्थित गर्न थप प्रयास भैरहेको कुरा युवाहरूले बताए ।केही दिन अगाडी प्रशासन अगाडिको नेपालको झण्डा फेरेर युवाहरुले सबैको ध्यान आकर्षण गरेका थिए भने अहिले,”गरिब विपन्न माथी हाम्रो ध्यान,बाच्ने र बचाउने हाम्रो अभियान” भन्ने नाराका साथ न्यानो कपडा वितरण अभियान संचालन गरिरहेका छन । युवाहरूले यो अभियानलाई साथ दिन सार्वजनिक अपिल पनि गरेका छन । तपाईंहरुले पनि आफुसंग रहेका कपडा दिएर वा आर्थिक रुपमा सहयोग गरेर अभियानमा साथ दिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend