साझा नेटवर्क
यमलाल भुसाल, बुटवल पौष १० ।
बागलुङ जिल्लाको धनमुडा चौर समाज बुटवल रुपन्देहीको आयोजनामा प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिता शुक्रवार देखि बुटवलमा शुरु भएको छ । प्रतियोगिताकमा ७६ टिमको सहभागिता रहेको प्रतियोगिता आयोजकका सल्लाहकार पदम केसीले बताउनु भयो ।

प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गोमादेवी आचार्यले शुभारम्भ गर्नु भयो । उहांले खेलकुद क्षेत्रमा सरकारले वजेट विनियोजन गर्न कन्जुसायी गर्न नहुने भन्दै युवा युवतीलाई कुलतवाट बचाउन पनि खेलकुदको विकास अपरिहार्य रहेको धारणा राख्नु भयो ।
प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपैयां नगद प्रमाणपत्र शिल्ड तथा उपविजेताले ३३ हजार ३३३ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयां नगद प्रमाणपत्र शिल्ड पुरस्कार पाउने छन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट टिमले नगद ५ हजार पाउने छन ।
बुटवल ११ ओलीपथमा रहेको कबर्डहलमा संचालित प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष देव थापाले गर्नु भएको थियो । प्रतियोगिता २ दिनसम्म संचालन हुने प्रमुख एम्पाएर अर्जुन कार्कीले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend