साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं पुस १० ।
संसद विघटनविरुद्ध सत्तारुढ नेकपा नै सडकमा आएको छ । नेकपाको बहुमत पक्ष नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधव नेपाल र प्रचण्ड ओलीविरुद्ध सडकमा आएका हुन ।
संसद पुनस्थापना गर्न माग गर्दै नेकपाको प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको हो । ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी समेत गरेका छन् ।
नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघरबाट आन्दोलनसहित निर्वाचन आयोग जाने र त्यसपछि सर्वोच्च जाने तयारी प्रचण्ड र माधव नेपाल पक्षको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend