साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं पुस ९ ।
नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएकाे सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विराेध प्रदर्शन घाेषणा गरिएकाे उनकाे भनाइ छ ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडल पक्षकाे जाेडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान तयार भएका हुन् । आज बिहान बसेकाे पाैडेल पक्षीय केन्द्रीय सदस्यकाे भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए । त्यही अनुसार आजकाे बैठकले आन्दोलनमा जाने निर्णय लिइएकाे बुझिएको छ ।
श्रोत-रातोपाटि
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend