साझा नेटवर्क
कतार, पौष ७ ।
महामारीबाट प्रवासी श्रमिकहरु बचाउ (Challenge the pandemic, save migrant workers) भन्ने मुल नाराका साथ नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट सहयोग समूह) कतारले ३०औं अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस गत शुक्रबारका दिन एक भर्चुअल कार्यक्रम गरी मनाएको छ ।

सन १९९० डिसेम्बर १८ का दिन संयुक्त राष्ट्रसंघको आप्रवासी श्रमिक तथा तिनिहरुका परिवारको हक अधिकारका निम्ति गरेको महासन्धि आप्रवासी श्रमिकका लागि ऐतिहासिक उत्सवको दिन हो जसले एक दिन (२४ घन्टा)लाई “आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम” गरी तीन भागमा वर्गीकरण समेत गरेको थियो ।

जिफन्ट सहयोग समूह कतारका अध्यक्ष भिम तरामु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिब ज्वाला शाहीले गरेका थिए। कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख रमेश बडालको रहेको थियो भने बिशेष अतिथिका रुपमा केन्द्रकै सदस्य तथा मध्यपुर्ब इन्चार्ज स्मृति लामाको उपस्थिति थियो।

त्यसैगरी विशेष अतिथिमा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चानक पोखरेल, जिफन्ट कतारका संस्थापक अध्यक्ष बिश्वराज नेपाल, प्रवासी नेपाली एकता मञ्चका सल्लाहकारहरु क्रमशः कमलमणि गुरागाइँ, नरेश श्रेष्ठ, होमनाथ शर्मा, रामहरी गैह्रे र रमेश भट्टको उपस्थिति रहेको थियो साथै जिफन्ट सहयोग समूह कतारका सल्लाहकार सदस्य रकम ध्वज राई र सल्लाहकार सदस्य प्रभात त्रिपाठीको पनि विशेष अतिथिको रुपमा उपस्थिति रहेको थियो। श्रमजीवीको मनको भाव बोल्ने जनकलाकारहरु शिबराम ढकाल र सगुन बर्देवाको अतिथिका रुपमा उपस्थिति रहेको थियो।
सामुहिक रुपमा राष्ट्रिय गान गाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा एक मिनेटको मौनधारण पश्चात् जिफन्ट कतारका प्रमुख सल्लाहकार शेष राज तिमिल्सिनाका पुज्यनिय पिता शालिकराम तिमिल्सिना को गत मंसिर २५, २०७७ का दिन भएको असामयिक निधन प्रती दुख व्यक्त गर्दै मृतक प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल तिमिल्सिना परिवारमा गहिरो समबेदना प्रकट गरिएको थियो।
उपस्थित सबैलाई जिफन्ट कतारका उपाध्यक्ष दिनेश कटुवालले स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए भने लगत्तै जनकलाकारहरु द्वारा स्वागत गित प्रस्तुत गरिएको थियो। कार्यसमिति सदस्य खेम सुवेदी द्वारा श्रमिक सम्बन्धी अत्यन्तै मार्मिक कबिता प्रस्तुति रहेको थियो।
शुभकामना मन्तव्य ब्यक्त गर्दै सल्लाहकार सदस्य प्रभात त्रिपाठीले यो विषम परिस्थितिमा यदि कहिँ कसैको ठूलो योगदान छ भने श्रमजीवी बर्गकै छ र समस्यामा छ भने श्रमिक बर्ग नै समस्यामा छ भन्दै श्रमिकको उच्च सम्मानका साथ कोरोनाबाट मृत्यु भएका श्रमिकहरुप्रती हार्दिक श्रद्धा सुमन अर्पण गर्दै प्रभावित सबैको शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेका थिए।
शुभकामना मन्तव्यका क्रममा प्रवासी नेपाली एकता मञ्च कतारका सल्लाहकार रामहरी गैह्रेले आप्रवासी श्रमिक दिवसको शुभकामना ब्यक्त गर्दै इतिहास लेख्ने श्रमजीवी नै हुन् र श्रमको मूल्य उचित हुनुपर्ने तर्क राखेका थिए। एकता मञ्चकै सल्लाहकार होमनाथ शर्माले श्रमिकहरुको यो एक उत्सबको दिन पनि हो भन्दै कोरोना प्रभावित अन्तराष्ट्रिय आप्रवासी श्रमिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका थिए।
जनकलाकारहरु प्रभात त्रिपाठी, शिबराम ढकाल, सगुन बर्देवा र साथिहरुले कार्यक्रमको उत्तरार्धमा निकाल्यौं हिरामोती भन्ने श्रमिकको गीत प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारेका थिए । बिशेष अतिथी प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेलले श्रमिकहरु विश्व संगार्ने पात्र हुन भन्दै श्रमको मुल्यांकन उच्च हुनुपर्ने धारण राखेका थिए भने कोभिड १९ को कहरका बिच कतारमा कार्यरत समस्यामा परेका श्रमिकका लागि नेपाली प्रवासी श्रमिक संघ कतारले खेलेको भुमिकाको मुक्त कण्ठले प्रसंशा गरेका थिए।
नेपाल ट्रेड युनियन महासंघका सदस्य तथा मध्यपुर्ब इन्चार्ज स्मृति लामाले श्रम ऐन र त्यसले पुर्याउने सकारात्मक प्रभावका बारेमा प्रष्ट पार्दै श्रमिकहरुका अप्ठ्याराहरुमा श्रमिक संघ कतारले खेलेको भुमिकाको सम्मान गर्दै श्रमिक संघ विशेषत: श्रमिकको हो भन्ने आभास सबै कतारमा कार्यरत श्रमजीवी बर्गमा हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि रमेश बडालले श्रमिकहरु बाध्यताले हैन रहरले क्षितिजको बाटो तय गर्नुपर्ने धारणा राख्दै हिजोको श्रम बजार र आजको श्रम बजारमा ठूलो परिबर्तन भएपनी आकस्मिक आएको कोरोना नामको महामारीले श्रम बजारको अवस्था कमजोर रहेको बताएका थिए। श्रम र श्रमिकको इतिहास देखि बर्तमान परिस्थितिका बिषयमा प्रकाश पार्दै यस्तो नाजुक अवस्थामा पनि कार्यक्रम आयोजना गरेर सफलताका साथ सम्पन्न गर्न लागेकोमा जिफन्ट सहयोग समूह कतारलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमका अध्यक्ष भिम तरामु मगरले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथीहरु, प्रवासी नेपाली एकता मञ्चसंग आवद्ध, श्रमिक संघ कतार संग आवद्ध, कार्यक्रमको शोभा बढाउने जनकलाकार, कुसल कार्यक्रम संचालनका लागि संघका महासचिव ज्वाला शाही लगायत सबै सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको विधिवत समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend