logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा विभाजनको असर सांसद दम्पती सम्म : पति प्रचण्ड-नेपालतिर,पत्नी ओलीतिर


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं पुस ७ ।

फुटको संघारमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा नेताहरूले आफ्नो कित्ताकाट थालेका छन् । यसअघि एउटा समूहमा रहेका केही नेताहरू अर्को समूहमा पुगेका छन् । विभाजनको असर यतिसम्म परेको छ  कि पति-पत्नी नै फरक-फरक खेमामा पुगेका छन् । फाइल तस्बिर: जुली महतोको ट्विटरबाट।

रघुवीर महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन् । महासेठ २०७४ सालको निर्वाचनमा धनुषा-४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन् । स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए । ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए । पछि उनलाई हटाइएको थियो ।

अहिले महासेठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहमा पुगेका छन् भने महतो ओली समूहका भेलामा सहभागी भएकी छन् । महासेठ मंगलबार दिउँसो बबरमहलमा भएको प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटीको बैठकमा सहभागी भएका थिए। महतो बालुवाटार प्रधानमन्त्री ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा पुगेकी थिइन् । उनी सोमबार बालुवाटारमा भएको ओली पक्षीय सांसदहरूको भेलामा पनि गएकी थिइन् ।

स्रोतका अनुसार महासेठले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै आएका छन् । उनी संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा छन् । ‘सरकारबाट हटाएपछि ओलीसँग उहाँका  केही असन्तुष्टि पनि होलान्,’ स्रोतले भन्यो ।

श्रोत- सेतोपाटि

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend