logo
  • शनिबार, साउन ३० २०८३

सदावहार युवा क्लवले बिच भलिबल प्रतियोगीता आयोजना गर्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सज्जन ढकाल, गुल्मी पौष ५ ।
सामाजीक बिकासका लागी युवा सहभागीता भन्ने मुल नाराका साथ गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ्ग छापचौरमा स्थापीत सदाबहार युवा क्लवले प्रदेश नं ५ मै पहिलो पटक खुल्ला पुरुष बिच भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ ।

यहि पौष ९ देखि ११ गते सम्म खेल सञ्चालन हुने भएको छ । विशेष गरि यस खेल मसिनो बालुवा माथी खेलिने खेल हो । एक टिममा खेलाडी संख्या अफिसियल सहित ३ जना हुने गर्दछ । टिम दर्ता शुल्क एक हजार रहेको छ । प्रथम पुरस्कर पन्ध्र हजार द्वितीय पुरस्कर आठ हजार तृतीय पुरस्कार पाँच हजार मेडल र प्रमाण पत्र राखिएको छ ।

खेल नकआउट सिस्टम अनुसार सञ्चालन गरिने आयोजक श्रोतले जनाएको छ । प्रतियोगीता सञ्चालन गर्न सबै तयारी पूरा गरिएको क्लवका अध्यक्ष आश्रीत थापाले जानकारी गराए । युवा सहभागीता साथै खेलकुद क्षेत्रलाई बिकास गर्नका लागि यस क्षेत्रमै पहिलो पटक खुल्ला पुरुष बिच भलिबल प्रतियोगीता आयोजना गरिएको र बिच भलिबल प्रतियोगीता यस क्षेत्रमै पहिलो अभ्यास भएको क्लवका खेल संयोजक बादल हमालले हामीलाई बताए ।

बिगतका बर्ष हरुमा जस्तो क्लवले आयोजना गर्ने भलिबल प्रतियोगीता नभएर बिच भलिबल प्रतियोगीता भिन्न प्रकारको रहेको मसिनो बालुवा माथी खेलिने खेल र एक टिममा खेलाडी संख्या अफिसियल सहित तीन जना हुने हुँदा खेलाडी तथा सम्पुर्ण जनसमुदाय नझुक्किन क्लवले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend