logo
  • शुक्रबार, असोज ९ २०८३

ओलीले गणतन्त्रमाथि ‘कू’ गरे : प्रचण्ड


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडाैं, पौष ५ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन निर्णय गरेर प्रधानमन्त्री केपी ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताएका छन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले ओलीको कदम असंवैधानिक र गणतन्त्रमाथि कू भएको बताएका हुन् । प्रधानमन्त्रीको कदमका बारेमा स्थायी कमिटीमा बैठकमा ठोस निर्णय हुने समेत उनले बताए ।

ओलीले संसद् विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै प्रचण्डबालुवाटार पुगेका थिए । तर, ओली र प्रचण्डबीच छलफल भने हुन नसकेको प्रेस संयोजक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend