logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका पन्थद्वारा जन्म दिनको खर्च कटाएर बृद्धाआश्रमलाई सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी पौष ४ ।
कतिपयले जन्म दिनमा ठूलो पार्टी आयोजना गरेर मनाउने गर्दछन् । तर समाजमा केहि यस्ता पात्राहरु पनि छन् जसले जन्म दिनको खर्च सामाजिक कार्यमा खर्चिन्छन् । गुल्मीका एक युवा व्यवसायी तथा समाजसेवीले पनि फरक तरिकाले आफनो जन्म दिन मनाउदै आउने गरेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१ क्याम्पसरोडमा व्यवसाय गर्दै आएका जनम पन्थले पनि आफनो जन्म दिनको खर्च कटाएर बृद्धाबृद्धहरुको निम्ति खर्चिएका छन् । पन्थले आफनो जन्म दिनको अबसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण बृद्धाआश्रममा पुगेर बृद्धाबृद्धहरुलाई सामुहिक भोजन गराएका छन् । बृद्धाआश्रममा रहेका ५० जना बृद्धाहरुलाई सामुहिक रुपमा एकछाक खाना खुवाएका हुन् ।

पन्थले रुरु धार्मिक सेवा संचार प्राली रुरु धाम रिडीको समन्वयमा एक छाक भोजन, ताता टोपी, हात धुने साबुन र रुरुक्षेत्र हषीकेशमन्दिर को लागि २ महिनालाइ फ्री ईन्टरनेट सुबिधा प्रदान गरेका थिए । आफनो जन्म दिनको अबसरमा गरेको यस्तो पुनित कार्यको रुरु धार्मिक सेवा संचार प्रालीले धन्यावाद ज्ञापन समेत गरेको थियो ।

पन्थले अघिल्लो वर्ष गुल्मी सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा सहयोग गरेर जन्म दिन मनाएका थिए । अपांगताको क्षेत्रमा काम गर्दै आएको आशालाई उनले जन्म दिनको खर्च कटाएर न्यानो कपडा लगायत सहयोग गरेर आफ्नो जन्म दिन मनाएका थिए ।
जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानोभएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उदेश्यले केहि वर्ष यता जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको पन्थले बताए ।

मुख्य त जन्म दिनमा फजुल खर्चलाई सहि ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने मान्य आफुमा रहेको पन्थले बताए । तम्घासमा व्यवसाय गर्दै आएका पन्थ बिभिन्न सामाजिक कार्यमा क्रियाशिल छन् । उनि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मी शाखाका निवर्तमान अध्यक्ष एवम उद्योग बाणिज्य संघ गुल्मीका सदस्य पदमा रहेर काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend