logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो ३ घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी पुस ४ ।

गुल्मीमा गएराती भएको अटो दुर्घटनामा घाइते थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका रेसुङ्गा नगरपालिका वडानम्बर–२ का १८ बर्षका सुरज बिकको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको गएराती मृत्यु भएको थियो । गौडाकोटबाट तम्घास तर्फ आउदै गर्दा अनियंत्रित भइ सडक बाट अन्दाजी २०० मिटर तल खसी दुर्घटनामा गरेको प्रहरीले जनाएको छ । अटोमा सबार घाइते ३ जना मध्ये २ जनाको गुल्मी अस्पताल र १ जनाको पाल्पामा उपचार भइरहेको पठाइएको प्रहरीले जनाएको छ ।त्यस्तै गुल्मीमा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–८ सल्यारा लु १ क २३६२ नम्बरको जेसिबीले झुमा सल्यारा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा ५ वर्षकीे जस्मिन रानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ढुंगाले लागेर ७ वर्षकी निर्जला कुमाल घाईते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । घर नजिकै अमला टिप्न गएका ति वालीकालाई जेसिबीले कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा फालेको ढुंगाले लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend