logo
  • शनिबार, साउन ३० २०८३

बिस्वास जित्न सके पो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गजल –

बिस्वास जित्न सके पो,आत्मा घुल्न सक्छ,
सहमति रोपे पो,शान्ती फुल्न सक्छ ।

यताउता आकासमा,बादल मात्र मडारिन्छ,
झरी वर्षा भए पो,आकास खुल्न सक्छ ।

बिस्वास अनि एकताको,खडेरी छ हामी बिचमा,
खडेरीमा शान्ती बिकास,कसरी पो झुल्न सक्छ ?

चर्खा सरी घुम्छन साथी,सुख दु:ख जीन्दगीमा,
अप्ठ्यारोमा घचेटेको,कस्ले पो भुल्न सक्छ ?

-लोकेन्द्र जि सी प्युठान

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend