logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका स्थानीय सरकारहरुले रकम खर्च गर्न सकेनन अनुदानका कार्यक्रमको रकम फिर्ता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी पौष ३ ।

गुल्मीमा आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब ४ करोड ५४ लाख ४१ हजार विनियोजन भएको छ । पहिलो चौमासिकमा खर्च गर्नु पर्ने रकम २ अर्ब ८६ करोड ३८ लाख ६ हजार रहेको छ । जसमा विनियोजित रकम मध्य बास्ताविक खर्च १ अर्ब ९६ करोड ५२ लाख रकम खर्च भएको महालेखा नियन्त्रक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले जनाएको छ । प्रदेश तर्फ कार्यालयहरुले खर्च गर्नुपर्ने लक्ष्य कुल बजेट १ अर्ब ७९ करोड ९९ लाख ३३ हजार हो । जस मध्य बास्तविक भएको खर्च १९ करोड ११ लाख रहेको छ । खर्चको प्रतिशत हेर्दा चौमासिक विभाजनको आधारमा २५.६ प्रतिशत र बार्षिकको आधारमा १०.६४ प्रतिशत हुन् आएको हो । संघिय कार्यालय तर्फ खर्च हुने बजेट ६ अर्ब २४ करोड ८५ लाख ८ हजार हो । यस अवधिमा जम्मा १ अर्ब ७७ करोड ४० लाख ८१ हजार खर्च भएको महालेखा नियन्त्रक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख विष्णु प्रसाद ज्ञवालीले बताउनुभयो । गुल्मीमा यस अवधिमा राजस्व संकलन ४३ करोड ९२ लाख ११ हजार उठेको ज्ञवालीले बताउनुभयो । जिल्लाका स्थानीय तहमा गएका अनुदानका कार्यक्रममा गएको रकम फिर्ता आउँदा २८ करोड राजस्व संकलन भएको ज्ञवालीले बताउनुभयो ।जिल्लाका स्थानीय सरकारहरुले रकम खर्च गर्न नसक्नुको कारण कोभिड १९ र गृह मन्त्रालयले नदी जन्य पदार्थ उत्खन्न गर्न निषेध गरेको कारण बजेट खर्च नभएको स्थानीय सरकारका प्रमुखले बताएको महालेखा नियन्त्रक कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend