logo
  • शनिबार, भाद्र २० २०८३

अन्तर्राष्ट्रिय क्रिकेटबाट अनिश्चतकालिन विश्राम लिदै अमिर


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

एजेन्सी, पौष २ ।
पाकिस्तानका फास्ट बलर मोहम्मद अमिरले क्रिकेट बोर्डसँग असन्तुष्टि जनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट ‘अनिश्चितकालीन विश्राम’ लिने घोषणा गरेका छ । एक पाकिस्तानी टिभी च्यानललाई अन्तर्वार्ता दिँदै उनले सो घोषणा गरेका हुन् ।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई (मानसिक) यातना दिइएको छ । आमिर हाल लंका प्रिमियर लिगका लागि श्रीलंकामा छन् । केही दिनमा पाकिस्तान फर्केर आफ्नो विश्रामबारे विस्तृत जानकारी दिने उनले बताए । अहिलेकै व्यवस्थापनमा आफूले खेल्न नसक्ने भने उनले स्पष्ट पारेका छन् ।

२८ वर्षीय बाँया हाते बलर आमिरले सन् २००९ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् । उनले हालसम्म १ सय ४७ अन्तर्राष्ट्रिय म्याच खेलेर २५९ विकेट लिइसकेका छन् । बीचमा स्पट फिक्सिङमा मुछिएर लामो समय उनको क्रिकेट करिअर अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend