logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा स्थायी कमिटी बैठक सुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, मंसिर २८ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको हो ।

स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस अघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र पठाएका थिए । आइतबार भने उनी सहभागी भएपछि बैठक सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend