साझा नेटवर्क
PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS
काठमाडौँ, मंसिर २८ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलीको प्रदर्शनलाई थप जागरुकता र एकता साथ भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपील गरेका छन्। उनले कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न आग्रह गरेका छन् ।
उनले सडकदेखि सदनसम्म आन्दोलनलाई चर्काउने चेतावनी दिएका छन्। सडकदेखि सदनसम्म सरकारलाई तीब्र दबाब दिनका लागि भोलीको प्रदर्शन सुरुवात मात्र भएको उनले बताएका छन्।
‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्योल भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो’, देउवाले भनेका छन्, ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ। सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो।
नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो। अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ। त्यसकै शुरूवात हो भोलीको सांकेतिक प्रदर्शन।’
‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ?’, देउवाले प्रश्न गरेका छन्, ‘ शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?
महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend