logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारको प्रथम बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, नि:स्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको आठौं साधारणसभा पछिको प्रथम मासिक बैठक शुक्रबार सम्पन्न भएको छ ।

बैठक सस्थाका नव निर्वाचित अध्यक्ष कुमार अविरल पन्थीको अध्यक्षतामा बसेको थियो । साथै बैठकमा कार्यसमितिका पदाधिकारीहरु तथा रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । गुल्मी सेवा समाज कतारको आठौँ साधारणसभा गत २० नोभेम्बर २०२०का दिन सम्पन्न भएको थियो । सोहि साधारणसभाले चयन गरेको नया कार्यसमिति बीच एकआपसमा परीचयात्मक कार्यक्रम गरी बैठकलाई अगाडी बढाइएको थियो ।

गत २० नोभेम्बर २०२० का दिन सम्पन्न समाजको आठौँ साधारणसभाको समिक्षा गतहप्ता नै गरी सकीएको र सोहि साधारणसभालाई सभ्य एवम भव्य रुपमा सम्पन्न बनाउनका लागि विभिन्न कोणबाट सहयोग पुराउनु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिएको थियो ।

बैठकमा बोल्दै नव निर्वाचित अध्यक्ष पन्थीले गुल्मी सेवा समाज एउटा नि:स्वार्थ सेवा भाव बोकेको सामाजिक सस्था हो, हामीले अझ सशक्त एवम कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई समेट्दै एकसाथ भएर आगाडी बढ्नु पर्ने कुरा बताए ।

बैठकले सल्लाहकार समिति समेत गठन गरेको छ । प्रमुख सल्लाकारमा झबिन्द्र आचार्यलाई चयन गरेको छ भने सल्लाहकारहरुमा भिम तरामु मगर, शिव खड्का, विजय विक्रम बस्नेत, बुद्ध पाण्डे, बाबुराम महत चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend