logo
  • सोमबार, असोज १२ २०८३

विरोध र्‍याली सहित शिक्षक महासंघ मदानेद्वारा गाउँपालिका घेराउ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी मंसिर २७ ।
शिक्षक महासंघ मदाने गाउँपालिकाले मदाने गाउँपालिका शिक्षा शाखामा ज्ञापन पत्र बुझाएको छ । संघिय शिक्षा ऐन तथा नियमावलीमा रहेका शिक्षकहरुका हक तथा अधिकार मदाने गाउँपालिकाले कुन्ठित गरेक‍ो भन्दै शिक्षक महासंघ मदानेले ज्ञापनपत्र बुझाएको हो । शिक्षक छनोटमा शिक्षा ऐन तथा नियमावली विपरित गरेको भन्दै आफुहरुले विरोध गरेको शिक्षक महासंघ मदानेका अध्यक्ष खिम बहादुर कुवरले जानकारी दिए ।

जसको विरोधमा बुधबार आन्दोलन र्‍याली समेत निकालिएको थियोे । बिहिवार मदानेका सबै विद्यालयहरु बन्द गरि सम्पुर्ण विद्यालयका करिब २०० भन्दा बढी शिक्षकहरुको उपस्थितमा विरोध र्‍याली सहित ज्ञापन पत्र बुझाएको हो । शिक्षक छनौटमा विषयगत प्रश्न शिक्षकलाई गराउने र बस्तुगत प्रश्न गाउपालिकाका प्रशासनका कर्मचारीहरुले गराउने गरिएको छ ।

जुन कुनै नियमावलीमा नरहेको कुवरले बताए । जसको कारण नै शिक्षकहरु यो कुरामा असक्षम छन भन्ने हुदा यस कुरामा बिरोध गरिएको अध्यक्ष कुवरले भने । कुरा हो केही दिन अगाडिको मदाने गाउँ पालिका वडा नम्बर ०२ को बाझकटेरी माबीमा शिक्षकको आबस्यक्ता थियो जहाँ पालिकाले शिक्षा ऐन दफा १७ को ९६ अनुरुप नभई आफ्नै नीति नियम बनाएर परिक्षा गराउन लागिएको बताईएको छ ।

जसले गर्दा शिक्षक माथी सोझै हस्तक्षेप गरिएको हो । सोही क्रममा म र महासंघको तर्फबाट सचिब र अन्य केही ब्यक्ति सोही ठाउँमा पुगेर परिक्षा किन गरियो भन्ने बारे प्रश्न राख्यौ कुवरले भन्नूभयो । सोही क्रममा मदाने गाउँपालिकाका केही ब्यक्तिहरुले उल्टै उहाहरु माथी गाली गलोज समेत गरेको कुवरले बताए ।

झगडाकै क्रममा भर्खर सुरु भएको लिखित परिक्षा रद्द समेत भएको हो । यता प्रमुख प्रसासकिय अधिकृत भन्नू हुन्छ प्रश्न पत्र समेत च्यात्ने कोसिस गरियो र केही समयको लागि स्थगित गरिएको छ । कुवर भन्नू हुन्छ हामी नैतिक तथा नितिगत तरिकाले अगाडि बढ्ने हो हामिले प्रश्न पत्रमा हात समेत लगाएनौ उल्टै पालिकाले प्रहरी समेत बोलाएर तर्साउने प्रयास गर्यो ।

नीति नियम अनुरुप चल्नुपर्छ शिक्षक कुनै कुरामा कमजोरी पनि छैन्न । यो विषय र यो र्‍याली सानो हो पालिकाले शिक्षकलाई हुने सेवा सुबिधाबाट बन्चित तथा आफू खुशी गरेर शिक्षाले लागू गरेको पाठ्यक्रम अनुसार नगए झन ठूलो बिरोध हुने चेताबनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend