logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी मंसिर २६ ।

गुल्मीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको आज समिक्षा एवंम अन्तरक्रिया सम्पन्न भएको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले महिला हिंसा सम्बन्धी परेका उजुरीलाई कसैले पनि राजनितिक गर्न नहुने बताउनुभयो । हिंसामा परेका महिलालाई उनीहरुको क्षमता विकास कार्यक्रमलाई पनि ख्याल गर्न उहाँले आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले कार्यक्रम आयोजना गर्नुको उदेश्यबारे प्रकाश पादै केही भए पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमले राम्रो प्रभाव पारेको बताउनुभयो । समाजमा एक महिलाले आर्काको महिलालाई हिंसा गरेको अवस्था छ । पहिला देखी नै यस्तो व्यवहार भएको हुदाँ यसलाई निरुसाहित गर्न केही समय लाग्ने उहाँले बताउनुभयो । कालिगण्डकी गाउँपालिका उपाध्यक्ष तारा थापाले महिला हिंसा भएको कारणले नै विद्यालय गएकी छोरी कहिले घर आउने हो भने कुरामा चिन्ता रहेको बताउनुभयो । महिला अधिकार सम्बन्धि काम गर्दा गाउँपालिका संग समन्वय गर्न पनि उहाँले आग्रह गर्नुभएको थियो ।

चन्द्रकोट गाउँपालिका उपाध्यक्ष राधिका अर्यालले कोरोनाको समयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमलाई भव्य गर्न नसके पनि गाउँपालिकामै कार्यक्रम गरिएको बताउनुभयो । साथै गाउँपालिकाले महिला हिंसा सम्बन्धी कार्यक्रम गर्न आगमि दिनमा निरन्तर लागि पर्ने बताउनुभयो । महिला हिंसा पछिल्लो समयमा बढिरहेको बताउदै कारबाही गर्दा राजनितिककरण गर्न नहुने नागरिक समाजका अध्यक्ष पदम पाण्डेले बताउनुभयो । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुखले महिला हिंसा सम्बन्धी प्रदेश सरकारको गर्ने कामको बारे जानकारी गराउनुभएको थियो ।

जिल्ला समन्वय समितिको सभाहलमा जिल्लाका स्थानीय तहका उपप्रमुखहरु महिला अधिकारकर्मी, नागरिक समाजका, प्रमुख जिल्ला अधिकारी एवम विभिन्न कार्यलयका प्रमुख तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend