logo
  • शनिबार, साउन ३० २०८३

विपक्षीलाई प्रदर्शन नगर्न प्रधानमन्त्री इमरान खानको आग्रह


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

एजेन्सी, मङ्सिर २६ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरूले लाहोरमा निकाल्ने भनेको जुलुस हालका लागि रोक्न आग्रह गरेका छन् । उनले पाकिस्तानमा कोभिड– १९ को असर अझै धेरै मात्रामा देखिएकोले ठूलो संख्यामा जुलुस ननिकाल्न आग्रह गरेका हुन् । पाकिस्तानमा वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरू लागेका छन् । उनीहरूले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुस निकाल्ने तयारी गरेका छन् ।

यसअघि देखि नै सरकारले सो नारा, जुलुस र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्न पटकपटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमहरूले बताएका छन् । तैपनि विपक्षीहरूले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरूलाई सार्वजनिक रूपमा यो आग्रह गरेका हुन् ।

पाकिस्तानका अधिकारीहरूले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले नै हालै मात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरू कोरोना भाइरसका बिरामीलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताए ।

अर्कातर्फ यहाँका विपक्षी राजनीतिक दलहरूले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् । यसैले यहाँको सरकारले हालैका दिनहरूमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरूका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहरूले जानकारी गराएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend