साझा नेटवर्क
काठमाडौं, मंसिर २५ ।
नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । हाल देशभर १२ हजार ३८६ रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend