साझा नेटवर्क
काठमाण्डाै, मंसिर २२।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। सडकमा राजावादीहरुको प्रदर्शन बढिरहेको र पार्टीभित्र आन्तरिक संकट गहिरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हन्।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार भोली मंगलबार ११ बजे बालुवाटारमा बैठक बस्ने छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend