logo
  • शुक्रबार, असोज ९ २०८३

अभिनेत्री श्वेताले कसिन लगनगाँठो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, मंसिर २२। 
अभिनेत्री श्वेता खड्काले दोस्रो विहे गरेकी छिन् । उनले धनगढीका व्यवसायी विजयेन्द्रसिंह राउतसँग विवाह गरेकी हुन् । स्वेता र विजयेन्द्रको विवाह आज काठमाडौंको गोकर्ण रिसोर्टमा सम्पन्न भएको हो ।

विहेको अघिल्लो रात स्वेताले आफू जीवनको नयाँ यात्रामा अघि बढेको बताएकी थिइन् । उनले विवाहको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै जीवनका बिभिन्न आरोह अवरोह, उकाली ओराली, सुख दुःख अनि हाँसोरोदनका पलहरुलाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा उभिएको बताएकी थिइन् ।

स्वेता र अभिनेता श्रीकृष्ण श्रेष्ठले ०७१ सालमा विवाह गरेका थिए । तर, विहे गरेको एक महिनामै श्रीकृष्णको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend