साझा नेटवर्क
विक्रम पाण्डे समान्ता मंसिर २०, गुल्मी|

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले अभिकर्ता सम्मान तथा आधारभूत अभिकर्ता तालिम एंव पुनर्ताजगी कार्यक्रम गुल्मीको निलगिरी पार्टी प्यालेस तम्घासमा सम्पन्न गरेको छ । 
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लुविम्नी प्रदेश प्रमुख तथा कम्पनीका एजिएम ऋषिभक्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि ढकालले बीमाको इतिहास, बिकासक्रम, बीमाका आधारभूत सिद्धान्तहरू, बीमालेखका शर्तहरू, जोखिम व्यबस्थापन, बीमाको महत्व , बीमा प्रकारहरू, आवश्यक कागजातहरू, बीमागर्ने प्रकृया, बीमाशुल्क दर, क्षेत्रगत बीमाका बिषयहरूको बिस्तृत ज्ञान, दावी प्रकृया, बीमा अभिकर्ताबारे कानूनी व्यबस्था, आचार सहिंता, बीमा समितिका निर्देशनहरू, सम्पत्ती सुद्धिकरण निवारण सम्बन्धी कानूनआदिको बारेमा जानकारी दिनुभयो ।
प्रमुख अतिथी ढकालले तालिमले आइएमई लाइफ इन्स्योेन्स कम्पनीको व्यबसाय अभिबृद्धिको साथै अभिकर्ताको माध्यमबाट स्वरोजगारको कार्यक्रममा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै गुल्मी शाखा प्रमुख खुमलाल अर्यालले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने बताउनुभयो ।
तालिमको अबसरमा गुल्मी शाखाबाट उत्कृष्ट ब्यबसाय गर्ने एजेन्सी म्यानेजर तथा एजेन्सीहरुलाई सम्मान समेत गरीएको थियो ।
गुल्मी क्षेत्रमा कार्यरत दुई दर्जन बढि सक्रिय अभिकर्ता तथा कार्यालयमा आवद्ध कर्मचारीहरुको उपस्थिति रहेको शाखा कार्यालय गुल्मीले जनाएको छ । गुल्मी शाखाका कर्मचारी नवीन पाण्डेको संचालन रहेको तालिममा शाखा प्रमुख खुमलाल अर्यालको स्वागत मन्तब्य रहेको थियो ।
कम्पनीले हाल बाल उज्जवल जीवन बीमा, बाल उमंग जीवन बीमा, धनसरीता जीवन बीमा, सरल सावधिक जीवन बीमा, आजिवन जीवन बीमा, बैदेशिक रोजगार म्यादी जीवन बीमा, सवल धनवद्र्धन , धनबृक्ष लगायतका दर्जनौँ बीमा योजनाहरु बजारमा ल्याएको छ । नेपालमा हाल कम्पनीका शाखा तथा उपशाखा गरी १०५ स्थानमा कार्यालयहरु रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend