साझा नेटवर्क
अनिष पाठक
खर्वाङ, १९ मंसिर ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डिप्रसाद शार्मा पौडेलले पौसा र सीप नभएकै कारण कोहि पनि बेरोजगार बस्न नपर्ने दाबी गरेका छन । आज सहकारीकोे ११ औं साधारण सभाको अबसरमा खर्वाङमा आयोजित बिस्तारित मन्चको कार्यक्रममा पौडेलले यस्तो बताएका हुन ।

दगा सदस्य सेवा केन्द्रको सहजीकरणमा भएको कार्यक्रममा सस्तो ब्याजका साथै विना व्याजमा समेत सहकारीले सेवा दिई रहेको बताउँदै पौडेलले पैसा नहुनेलाई पैसा र सीप नहुने लाई सीप दिन सहकारी तयार रहेको बताउदै सोहि कार्यक्रम मार्फत ३ सय बढिले रोजगारी पाएको बताए । त्यस्तै पौडेलले सेवा केन्द्र भित्रका बडिगाड १ र २ का वडा अध्यक्षलाई बेरोजगार खोज्न आग्रह गर्दै साथ, सहयोग र सीप दिन सिवाईसी तयार रहेको प्रतिबद्धता समेत गरे ।
सोहि अवसरमा सहकारीका सल्लाहाकार सिता शर्माले कोरोना कहरकै विच १ महिनामा १२ सय भन्दा बढि शेयर सदस्य थापिएको बताउदै अब वितिय साक्षेरताको अबश्यक्ता रहेकोले सहकारीले विभिन्न माध्यमबाट त्यसको पहल थालेको बताइन । कार्यक्रममा सिवाईसी सहकारीका केन्द्रीय सचिव जयराम भारिले निति तथा कार्यक्रम, कोषाध्यक्ष सितादेबी सापकोटा कडेंलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आथिर्क बर्ष २०७६÷०७७ मा १ अर्ब ४० करोड ५८ लाख १४ हजार ८ सय ९६ रुपैया कुल पुजि रहेको सहकारीमा २० करोड ५ लाख ६५ हजार कुल शेयर पुँजी रहेको छ । १ अर्ब ५ करोड ४९ लाख ४० हजार २ सय २० रुयैया कुल बचत रहेको सहकारीले १४ करोड ४७ लाख ४२ हजार ९ सय ६४ रुपैया आम्दानी गर्दा ११ करोड ९५ लाख ४० हजार ५ सय १७ खर्च गरि २ करोड ५२ लाख २ हजार ४ सय ४७ रुपैया मुनाफा गर्न सफल भएको आर्थिक प्रतिबेदनमा उल्लेख छ ।
दगा सदस्य सेवा केन्द्रमा ७ सय ६३ जना शेयर सदस्य साथै जिल्लाका ११ ओटा सेवा केन्द्रमा गरि सहकारीमा १२ हजार ५ सय ८५ जना शेयर सदस्य रहेका छन् । १९ प्रकारका बचत तथा ऋणको साथमा रेमिटेन्स, बचत एटिएम तथा मिस्कल सेवा, क्यु आर कोड सेवा, डिस्काउण्ट कार्र्ड सेवाको साथमा १७ प्रकारका सुबिधा सहकारीले प्रवाह गदैं आईरहेको छ ।
कार्यक्रममा सिवाईसी सहकारीका उपाध्यक्ष गण्डकी थापा, बडिगाड १ का वडा अध्यक्ष बोम बहादुर थापा, वडा नं. २ का वडा अध्यक्ष ढालेन्द्र शेरचन लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा असल ऋणी, असल बाल बचतकर्ता, असल बचतकर्ता लगाएतलाई सम्मान समेत गरिएको थियो ।
सहकारीको ११ औं साधारण सभा तथा बिस्तारीत मञ्च सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता, दागा सदस्य सेवा केन्द्रका संयोजक धन बहादुर बुढाकोे स्वागत तथा सेवा केन्द्रका उप समिति सदस्य बेलु गिरीको संचालनमा सम्पन्न भएको थियो । साधारण सभाको बिस्तारीत मञ्च अन्र्तगत मशिंर १५ गते बाट सुरुभएको सभा आगमी मशिंर २२ गते सम्म सेवा केन्द्रहरुमा र केन्द्रीय कार्यालयमा बागलुङमा मशिंर २५ गते सभा संचालन गरि साधारण सभा सम्पन्न गरिने सहकारीले जनाएको छ । यसैविच आजै सहकारीले बडिगाड ८ भिमगिठेमा पनि कार्यक्रम्म सम्पन्न गरेको छ । सिवाईसी सहकारी देशका विभिन्न ३५ जिल्लामा संचालनमा रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend