logo
  • सोमबार, असोज १२ २०८३

२९ औं अन्तरार्ष्ट्रिय अपाङ्ग दिबसको अवसरमा गौमुखीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जोगिन्द्र मल्ल,प्यूठान मंसिर १९ ।

अपाङ्ग संजाल समन्वय समिति गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा गौमुखी गाउँपालिकाको सहयोगमा ” कोभीड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिस्चितता ” अपाङ्गता भएको ब्यक्तीहरुको पहुँच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता ” भन्ने नाराका साथ २९ औं अन्तरार्ष्ट्रिय अपाङ्ग दिबस सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले अपाङ्गता भएको ब्यक्तीहरुले आफ्नो ऐच्छिक बाच्न पाउने अधिकार रहेको र अपाङ्गहरुको आफ्नै बाध्यता भएको तथा हरेक सेवा सुबिधामा सहजीकरण गर्न गाउँपालिकाको महत्त्वपूर्ण भूमिका रहने अपाङ्गको पहिचान र श्रमसीप बिकासको खोजी गरि आर्थिक तथा सिपमुलक जीवन यापन गर्न गाउँपालिकाले कार्यक्रम ल्याउने र अपाङ्गहरु प्रती सबैले भाबनात्मक सम्बन्ध राख्नु पर्ने बताउदै २९ औं अन्तरार्ष्ट्रिय अपाङ्ग दिबसको शुभकामना दिनु भयो । कार्यक्रममा उपस्थित अर्खाका ५७ वर्षिय जंग वीर बि क ले दुर्घटनामा परि २४ बर्ष अगाडि आफ्नो खुट्टा गुमाउनु परेको र आर्थिक अभावका कारण उपचार गर्न नसकेकोले सहयोगको लागि अनुरोध गर्नु भयो ।उहाँ एउटा अपाङ्ग प्रतिनिधि पात्र हो यस्ता समस्या सबै वडाका विभिन्न प्रकारका अपाङ्गहरुको रहे पनि कार्यक्रममा सहभागीहरुले अपाङ्गहरुको समस्या बुझिदिन आग्रह गरे । भने कार्यक्रमको संचालन अपाङ्ग सन्जाल समन्वय समिति गौमुखी गाउँपालिकाका निरज हमालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend