logo
  • शुक्रबार, असोज ९ २०८३

अहिलेका अधिकांश प्रेम सफल हुदैनन्


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-मधुसुधन पाण्डे ।
भनिन्छ पछिल्लो समय केटाकेटी एकआपसमा प्रेम सम्बन्धमा बाधिएर वैवाहिक जीवनको मार्गसम्म पुग्दछन तर पछिल्लो समय अधिकास प्रेम भने सफल भएको मानिदैन । आजकालका प्राय प्रेम जोडीहरु एउटै उमेर समुहका हुन्छन् त्यसैले गर्दा पनि प्रेम सफल हुन सक्दैनन् ।

प्रेम सफल नहुनुको प्रमुख कारण भनेको प्रेमी भन्दा प्रेम‌ीकाको बढि भुमिका रहन्छ किनकि अधिकास प्रेमीकाहरु अथवा केटीहरु आफ्नो परिवारको आज्ञाकारी हुन्छन् त्यसो छ प्रेमी अथवा छोरा मान्छे परिवारको आज्ञाकारी हुदैनन् भन्ने चाहिँ होइन ।

जब कुनै केटी अथवा प्रेमिकाले कक्षा १२ पास गर्छिन उनको घरमा विवाहको कुरा चल्न थाल्दछ । अझै पनि समाजमा यो कुराले जरो गाडेको छ कि छोरीलाई जति पढाए पनि आखिर अरुको घर पठाउनै पर्छ । ग्रामिण स्तरका अभिभावकलाई अझै पनि यो कुराको ज्ञानको कमी छ कि भविष्यमा मेरो छोरा यस्तो बनोस मेरो छोरी यस्तो होस भन्ने ।

कुनैपनि ग्रामिण स्थानका चेलीहरु अपरिपक्व हुँदै उनीहरू वैवाहिक जीवनमा बाधिन बाध्य हुन्छन्।आफ्नो खुट्टामा उभिन तर परको कुरा हो,उनीहरु परिवारका बन्धनमा बाधिन्छन । कुनैपनि राम्रो परिवारबाट माग्न आए भने यसलाई विहे गरिनस भने मलाई आमा नभनेस मलाई बाबा नभनेस भन्ने सम्मको स्थिति सिर्जना हुन्छ जसको कारणले गर्दा उनीहरु आफ्नो प्रेमको बारेमा अभिभावकलाई भन्न त डराउछन नै आफ्नो भविष्य बनाउछु भन्न पनि डराउछन ।

हजुरबुवाको पालामा विवाह गर्ने बेला केटो पल्टनमा छ भनेपछि ल हेर्नै पर्दैन, ढुक्क भएर छोरी दिए हुन्छ भन्थे रे ! बुबाको पालामा केटाको सरकारी जागिर भएपछि सजिलै कुलघरानकी केटी दिन्थे रे ! हिजोआज केटो विदेशमा छ, अझ युरोप, अमेरिकामा छ भनेपछि छोरी दिन पाए हुन्थ्यो भन्नेहरूको ताँती हुन्छ ।

त्यसो त सबै केटीहरु प्रेम सम्बन्धमा नै हुन्छन् र सबैको प्रेम असफल नै हुन्छन् भन्ने पनि छैन।केही केही प्रेम सम्बन्ध सफल भएको उदाहरण पनि हामीले पाएको छौ तर प्रेम सफल हुने जोडीहरु भनेको अधिकास जागिर वा कुनै नोकरीमा आवद्ध भएको पाईन्छ ।

समग्रमा भन्नुपर्दा प्रेम गर्नु नै हुदैन,प्रेम गर्दैमा असफल भईन्छ भन्ने मानसिकता पनि नसोचौ आउनुस तपाईं हामी सबै मिलेर अपरिपक्व हुने विवाहलाई रोकौ।मुख्य कुरा के भने प्रेम असफल भन्दा पनि अपरिपक्वता र उसको भविष्यलाई पनि ख्याल गरौ । आफुले गरेको कार्यले भविष्यमा कसैलाई पनि पछुतो नपरोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend