logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र निर्धारण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी मंसिर १७ ।
गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको छ । गाउँपालिकाको बिशेष गाउँसभाको तेस्रो बैठकले इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको हो ।गाउँसभाले गाउँपालिकाको केन्द्र वडानम्बर –५ को रातापोखरामा रहनेगरि निर्धारण गरेको गाउँपालिकी उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

केन्द्र निर्धारणको लागी गाउँ सभामा गाउँपालिकाको केन्द्र “इस्मा रजस्थलको वडानम्बर–५ रातापोखरामा केन्द्र रहनेगरि ३ नम्बरको फेदिफाट माटाखानी“ सम्मको प्रस्तावमा भएको थियो । गाउँपालिकाले पटक–पटक केन्द्रको बिषयमा छलफल गर्दा पनि केन्द्रको बिषयमा सहमती जुटाउन सकेको थिएनन् । जस अनुसार भएको मातदानमा २१ जनाले पक्षमा र ८ जनाले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

स्थानीय तहको गठन भएको लामो समय बित्दा इस्मा गाउँपालिकाको केन्द्रको बिषयमा बिवाद हुँदै आएको थियो । स्थानीयको गठन हुने समयमा गाउँपालिकाको केन्द्र तोकिएको वडानम्बर–५ को चापटारीमा तोकिएको थियो । तर पछि त्यसस्थानमा बिवाद भएपछि लामो समयसम्म केन्द्र बिवाद बल्झीदै आएको थियो ।

लामोसमयसम्म केन्द्र टुङ्गो नलागेपछि केहि महिना पहिले नेकपा गुल्मीको जिल्ला पार्टी कार्यालय गुल्मीका बसेको बैठकले गाउँपालिकाको केन्द्र वडानम्बर–५ को आम्बोटदेखी वडा नम्बर–१ को छिनुवासम्म डेढ किलोमीटरको दुरिमा राख्न निर्देशन गरेको थियो ।

तर त्यस निर्णयलाई भने गाउँपालिकाले कार्यान्वयन नगरी नयाँ ठाउँमा पस्ताव गरेर केन्द्र निर्धारण गरेको छ । जिल्लाका २ नगरपालिका र १० गाउँपालिका मध्ये इस्मा गाउँपालिकाको केन्द्रमा मात्रै बिवाद रहेको थियो । अन्य स्थानीय तहले भने केन्द्र निधारण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend