logo
  • शुक्रबार, असोज ९ २०८३

कम्युनिष्टका कारण प्रतिगामीलाई अवसर : वरिष्ठ नेता पौडेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाण्डाै, मंसिर १७ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान कम्युनिष्ट सरकारको कारण प्रतिगामी शक्तिले अवसर पाएको बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले बुधबार दमौलीमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सो भनाइ व्यक्त गरेका हुन्। अहिलेको सरकार भ्रष्टचारमा लिप्त भयो काम गर्ने भन्दा पनि कसरी सत्ता टिकाउने भन्नेमा सरकार लाग्यो पौडेलले भने ।

प्रतिगामीहरु सक्रिय भएपनि कुनैपनि हालतमा प्रतिगमन आउन नदिने पौडेलले जिकिर गरे । अहिलेको नेपकाको आन्तरिक लडाइले देशको विकासमा समेत अवरोध सिर्जना भएको पौडेलको भनाइ छ। ‘नेकपाका दुई अध्यक्षको लडाईले देशको विकास निर्माणमाम समेत अवरोध हुन् लज्जाको विषय हो,’ पौडेलले भने ।

सरकार विभिन्न काण्डैकाण्डमा मुछिएको बताउदै पौडेलले गाउँमा रोजगारी सिर्जना गर्ने विषयमा सरकारको ध्यान नपुगेको उनको भनाइ छ । कांग्रेसको नेतृत्वमा भएका विकास निर्माणका काम भएपनि अहिले विकास निर्माण अवरुद्ध भएको पौडेलको भनाइ छ । नेकपा अधिनायकवादको दिशामा लाग्दा देशमा थप समस्या हुने समेत पौडेलले बताए।

पौडेलले पार्टीको महाधिवेशन तोकिएकै समयमा गर्न सकिने बताए। ‘तोकिएकै समयमा गर्न सकिन्छ भनेर लागेका छौं,’ पौडेलले भने । नेपालको विकास कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जाशक्तिको विकासबाट सम्भव रहेको बताउदै पौडेलले यसतर्फ सरकारको ध्यान नपुगेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend