साझा नेटवर्क
काठमाण्डाै, मंसिर १७ ।
बेलायत फाइजनर–बायोटेक कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि विश्वव्यापी रूपमा अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ । बेलायतको नियामक, एमएचआरएले खोप कोरोनाका बिरामीका लागि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र प्रयोगका लागि सुरक्षित देखिएको बताएको हो ।

केही दिनभित्रै उच्च प्राथमिकतामा रहेको समूहलाई खोप दिन सुरु गरिने बताइएको छ । बेलायतले यसअघि नै चार करोड खोपको डोज माग गरिसकेको छ । प्रत्येकले खाेपकाे दुई डाेज दिइनेछ, अर्थात् अहिले दुई कराेड जनाले खाेप लगाउन पाउनेछन् । फाइजर कम्पनीकाे खाेप सबैभन्दा छिटाे विकसित भएकाे खाेप हुनेछ, जसलाई बनाउन १० महिना लाग्याे ।
सामान्यतया यस्ताे खाेप तयार हुन एक दशकसम्म लाग्ने गर्दछ । यद्यपि विशेषज्ञहरूका अनुसार खाेपकाे प्रयाेगपछि पनि मानिसहरूले सङ्क्रमण नफैलिन दिन नियमहरूकाे पालना गर्नुपर्नेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend