logo
  • शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्री ओली सचिवालय बैठकमा जान सहमत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, मंसिर १६ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आजको सचिवालय बैठकमा सहभागी हुने भएका छन् । मंगलबारको सचिवालय तनावपूर्ण भएको थियो र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार १ बजे बैठक बस्ने सूचना दिएका थिए । तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘यस्तो बैठक के काम’ भन्दै उठेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कार्यव्यस्तता कारण ओली बुधबार बोलाइएको पार्टी सचिवालयको बैठकमा सहभागी नहुने जानकारी दिएका थिए । तर आफू निकट नेताहरुसँग भएको छलफलपछि ओली बैठकमा बस्न तयार भएका छन् । स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी हुने अनलाइन खबरलाई बताए ।

‘बैठकमा बस्नुहुन्छ, नबस्ने कुरै छैन’, नेम्वाङले भने । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि बालुवाटारमा दिउँसो बस्ने बैठकमा ओली सहभागी हुने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend