साझा नेटवर्क
रामप्रसाद पराजुली, कतार ।
राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संघीयता विरुद्धको देशब्यापी कार्यक्रमलाई कतार नेपाली एकता समाजे ऐक्यवद्धता प्रकट गरेको छ । आइतबार कतारमा एक कार्यक्रमको आयोजना गरी संघीयता विरुद्ध ऐक्यवद्धता प्रकट गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्टिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनले संघीयताले देशलाई दुर्घटनातर्फ लैँजादै गरेको तर्फ सचेत गराउनुभएको थियो । उहाँले देशको आर्थिक स्रोतबाट कर्मचारीलाई समेत तलब दिन नसकेर विश्व बैंकबाट ऋण लिनपर्ने अवस्थाको मुलुकले संघीयताको भारी बोकाएर जनताको टाउकोमा ऋण थुपारिदिने काम बाहेक अरु नभएको स्पष्ट पार्नुभयो ।

यस्तै कतार नेपाली एकता समाजका अध्यक्ष विष्णु थापाले संघीयताको खर्चकै कारण कोरोना महामारीको उपचार हुन नसकिरहेको स्पष्ट पार्दै अब जनताले संघीयता खारेज गर्नुपर्ने बताउनुभयो ।
जुम मार्फत भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिष्णु थापा क्षेत्री र सञ्चालन महासचिव खिम बूढाले गर्नुभएको थियो भने कमल आचार्यले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा दुबई नेपाली एकता समाजका अध्यक्ष दिनेश थापा तथा कतार नेपाली एकता समाजका बिभिन्न विभाग, एरिया, इकाईका प्रतिनिधिहरुले समेत ऐक्यवद्धता प्रकट गर्नुभएको थियो ।
केन्द्रीय कोषाध्यक्ष लक्ष्मण कोइराला, महिला संयोजक जानुका बस्नेत, बुद्धिजीवी विभागका अध्यक्ष हरि शर्मा, रक्तिम विभागबाट बिमल भुसाल लगाएतले पनि ऐक्यवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend