साझा नेटवर्क
दिपक खनाल अर्घाखाँची, मङ्सिर १५ सोमबार |

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. १२ रानिटोला निवासी मिलन बस्यालले आफ्नो २६ औं जन्मदिनको अवसर पारेर सोही वडा भित्र टाकुरामा अवस्थित छत्र मन्दिरको पुन निर्माणको लागि दश हजार सहयोग गरेका छन ।

मिलन भन्छन् जन्मदिनको दिन साथीहरूसँग रमाइलो गर्ने पैसाले मन्दिरको पुन निर्माणलाई सहयोग गर्दा यस क्षेत्रको धेरै धर्मावलम्बीलाई पुजा आजामा सहयोग पुग्ने बताए।
उक्त मन्दिरमा विशेष गरि दशैको दुर्गा शुरु भए देखि मन्दिर खुल्ने र पुर्णिमा सम्म हिन्दु धर्मावलम्बीले पुजा आजा र बलिका कार्यक्रम संचालन गर्ने गर्दछन । त्यति मात्र हैन मन्दिरमा विवाह, ब्रतबन्ध समेत हुने गर्दछन भने शिबरात्री, विशेष दिनको एकादसी र फागूपुर्णिमा समेत ठूलो मेला लाग्ने चलन चलिआएको छ ।
यस सामाजिक कार्यमा तनमन धनले सहयोग गर्ने मिलन हाल अध्यनको सिलशिलामा काठमाडौं बस्दै आएका छन भने यस्ता सामाजिक कार्यमा अग्रसर भएर लाग्ने गर्दछन हाल उनी नेविसंघको विद्यार्थी नेताका रुपमा परिचीत छन र काठमाडौं अर्घाखाँची सम्पर्क समाजका सदस्य पनि हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend