साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु मङ्सिर १४।
जन्मदिनको सु-अवसर पारी युवा समाजसेवी वाणगंगा न.पा-४, जितपुर निवासी सागर बन्जाडेले कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको बाल गृहमा आफ्नो जन्मदिन मनाएका छन।
उनले बाल गृहमा रहेका २९ बालबालिकालाई किचन सुज बिहानको खाना र शैक्षिक सामाग्री वितरण गरेका थिए। त्यहाँ रहेका बालबालिकालाई मिउजिकल चिअर,स्पेलिङ्ग, हट पोटेटो लगाएतका खेल खेलाएर मनोरञ्जन संगै पुरस्कार वितरण गरेका थिए। नेपाल बाल संगठन जिल्ला कार्य समिती कपिलवस्तुका अध्यक्ष गोपाल मणि ज्ञवालीले सबै युवाहरुले यसै गरि बिना अर्थ खर्च गर्नु भन्दा सामाजिक काममा लगाए समाजमा राम्रो प्रभाव पर्ने कुरा बताउनुभयो।
जन्मदिनमा सागरले बाल गृह सबैको साझा रहेको तथा सबैको सहयोग भएमा बाल गृह चलाउन सहज हुनेसंगै युवाहरुले मोजमस्ती मा पैसा उडाउनु भन्दा यस्तै सहयोग गर्नुपर्ने कुरा बताए। उनले यी बालबालिकालाई साहरा दिएको बाल गृहलाई सबै युवाले साथ दिनुपर्ने त्यसैगरी बालबालिकाको उज्जवल भविष्य निर्माण गर्नुमा सहयोग पुराउनु पर्ने कुरा बताए। त्यसैगरी हेल्प फर हेप्पिनेस कपिलवस्तुका सक्रिय युवा समाजसेवी मधु सुदन भुषालले यस्तो काम सबै युवाले गर्नुपर्नेसंगै आफुले पनि यस्तै कामलाई निरन्तरता दिने कुरा बताए।
यस्तै उनको जन्मदिनमा बाल गृह कपिलवस्तु कार्य समिती सदस्य श्याम प्रसाद सुवेदी,बाल गृह जिल्ला कार्य समिती सदस्य सन्तोष कुमार श्रीभाष्तव,बाल गृह प्रमुख राम प्रसाद अर्याल,श्रीङ्गिघाट वन अध्यक्ष रेनु सेन,स्वतन्त्र विद्यार्थी युनियन सिद्वार्थ क्याम्पस सचिव दिनेश चौधरी,लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष मदन पौडेल,पवित्रा भुषाल,प्रविन गौतम,विनोद घिमिरे,सुशान्त पोख्रेल,माधव आचार्य,विजय पाण्डेको उपस्थिति रहेको थियो भने सरोज घिमिरेले कार्यक्रमको संचालन गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend