साझा नेटवर्क
काठमाडौं, मङ्सिर १४ ।
बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । कैलाश हेलिकप्टर सर्भिसजको नाइन एनए जेजे हेलिकप्टरमा चील ठोक्किएपछि नुवाकोटको बेलकोटमा आकस्मिक अवतरण गरिएको छ ।

दुर्घटनामा पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ । उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिनुभयो । हेलिकप्टरमै सवार उहाँले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा दुर्घटनामा परेको बताउनुभयो ।
हेलिकप्टरको अगाडिको सिसा फुटेको पनि उहाँले जानकारी दिनुभयो । हेलिकप्टरमा चालकसहित गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल सवार हुनुहुन्थ्यो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend