logo
  • शनिबार, भाद्र २० २०८३

सरकारी जागिर वा राम्रो मुलुकमा हुनेसँग विवाहको सम्बन्ध


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-मधुसुधन पाण्डे।
तपाईं हामीलाई थाहा भएकै कुरा हो कुनै पनि केटाले सरकारी जागिर अथवा राम्रो क्षेत्रमा अब्बल छ भने त्यसको विवाहको लागि चर्चा परिचर्चा धेरै हुन्छ ताकि विभिन्न व्यक्तिहरुले मेरो छोरी दिनपाए हुन्थ्यो मेरो आफन्त त्यो सग विवाह गरिदिन पाए हुन्थ्यो भन्ने सोच्छन र सोच्नु स्वभाविक पनि होइन ।

समाजमा सरकारी जागिरले यत्ति जरो गाडेको छ कि कुनै जागिर खाएपछि विवाह अवस्य गर्नपर्छ भन्ने ।तर कुनै कुनै सरकारी जागिरे आफ्नो लक्ष्य पूरा नहुदै विवाह भएको पनि सुन्न पाईन्छ । जब कुनैपनि युवाले १२ पास गर्छ उसले सरकारले खोल्ने विभिन्न जागिरहरुमा दरखास्त दिन्छ ।

नेपाली समाजमा सरकारी जागिर खाने उमेर भनेको १८ वर्षदेखि सुरु हुन्छ अर्थात् अधिकांश युवाहरु नै सरकारी जागिरमा प्रवेश गर्छन्।सरकारी जागिर जो कसैले खान्छु भनेर खाने र खादिन भनेर नखाने होइन।योग्य,दक्ष र ईमान्दार व्याक्तिहरु पहिलो पटकमै सरकारी जागिरमा नाम निकाल्न सफल हुन्छन्।

हजुरबुवाको पालामा विवाह गर्ने बेला केटो पल्टनमा छ भनेपछि ल हेर्नै पर्दैन, ढुक्क भएर छोरी दिए हुन्छ भन्थे रे ! बुबाको पालामा केटाको सरकारी जागिर भएपछि सजिलै कुलघरानकी केटी दिन्थे रे ! हिजोआज केटो विदेशमा छ, अझ युरोप, अमेरिकामा छ भनेपछि छोरी दिन पाए हुन्थ्यो भन्नेहरूको ताँती हुन्छ ।

यस अर्थमा नेपालको कानुनले विवाह गर्ने उमेर भनेर २० वर्षपछिको समय र सरकारी सेवा प्रवेशको समय पनि न्यूनतम १८ देखि २१ वर्षलाई आधार मानेको देखिन्छ। १८ देखि २१ वर्षको उमेरमा अधिकांश मानिसले रेगुलर पढाइ गर्ने हो भने प्लस टुदेखि व्याचलरसम्म पास गरी भ्याउन सक्छ।

विदेशमा भएको केटो पनि विदेश गएर पाश्चात्य रहनसहनमा ढल्किएका केटीसँग विवाह गर्नुभन्दा आफ्नै देशका केटी सोझा होलान् भन्दै यहाँ आइपुगेको हुन्छ । त्यसैले हिजोआज धेरैका प्रेमी र जीवनसाथी अलगअलग हुन थालेका छन् । केटाले नेपालमा आएर केटी खोज्दा सकभर प्राविधिक विषय पढेकी जस्तै नर्स, ल्याब प्राविधिक आदि खोज्छन् ताकि विदेश लगेपछि राम्रो कमाइ गरेर आर्थिक सहयोग पनि गरोस् ।

केटीहरू पनि हुनेवाला श्रीमान्को विवाह अगावै सकेसम्म सहरमै घर गाडी, व्यवसाय वा राम्रो कमाइ हुने पद होस् भन्ने चाहन्छन् । केटाले पनि रूपवती र आधुनिक देखिने प्रेमिका भए पनि विवाह गर्ने बेलामा चाहिं सुशील, सोझी, घरेलु र व्यवहारिक युवती खोज्छ । यसको पछाडि पनि आर्थिक कारण नै जोडिएको हुन्छ । युवकहरू प्रेमिका आधुनिक जीवनशैली जिउने खालकी भए पनि श्रीमती समझदार एवं व्यवहारिक होस् भन्ने चाहन्छन् ।

यसरी सरकारी सेवामा प्रवेश गरेको मानिसमा नयाँ जोश र जागर हुने साथै समाजमा हेर्ने नजर समेत फरक परेको हुन्छ। यसका साथै स्वयम उसमा पनि केही गरौँ, भनौँ महत्वकांक्षा पलाएको हुन्छ। यसर्थ, सरकारी जागिर, पढाइ र विवाहबीच प्रत्यक्ष कनेक्सन रहेको देखिन्छ। कृवंदन्ति अनुसार असल श्रीमतीको परीक्षा श्रीमान्सँग धन नभएको बेला हुन्छ ।

त्यसैगरी असल श्रीमान्को परीक्षा ऊसँग प्रशस्त धन हुँदा हुन्छ । सम्बन्ध धनले होइन प्रेमले निर्माण गरौं । विवाहको माला पछि गएर कसैको गलपासो नबनोस् । विवाहको चक्र सात जुनीसम्म चल्छ भनिन्छ, यही जुनी कसैका लागि भार नहोस् । आपसी समझदारी, विश्वास र प्रेमले जीवन सुखी हुन्छ वा पैसाले किन्ने सुविधाले भन्ने भ्रममा सम्बन्धहरू विकृत हुन थालेका छन् ।

स्वच्छसम्बन्ध र पवित्र प्रेमसहित बन्धनमा बाँधिनेहरू अझै नभएका चाहिँ होइनन् । धनले सुविधा किन्न सक्ला तर सुख किन्न सक्दैन । विदेश जाँदैमा सुख पाइन्छ भन्ने भ्रम त्याग्न नसक्दा अलपत्र पर्नेहरू पनि धेरै छन् । बाबुआमाहरूले पनि अब जनावरलाई झैं मारे पाप पाले पुण्य भनेर कन्यादान गर्ने हीन मनोवृत्ति त्याग्नुपर्छ ।

आफ्नी छोरीलाई समझदारीपूर्वक जीवन बिताउनु, दुई जना नै भएर आफ्नै मेहनतले आर्जिएको कमाइले जीवनयापन गर्नु, जीवनसाथीका हरेक संघर्षमा साथ दिनु र आपसी मेहनतले कमाएको धनमा गर्व गर्नु भनेर दिक्षा दिन सके समाज र सम्बन्ध निर्माणमा ठूलो परिवर्तन आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend