साझा नेटवर्क
कमल पौडेल, बागलुङ मंसिर १३ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँपालिका २, खर्वाङ, वडा कमिटिको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। वडा संगठन कमिटिका सल्लाहकार तथा संगठित सदस्य टिका वनको ९औं दिनको स्मृतिमा सो श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य प्रेम खरेलले टिका वनको योगदानको चर्चा गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष ढाल प्रसाद शेरचन, गाउँकमिटि सदस्य कृष्ण प्रसाद खरेल, रगुनन्द गिरि लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रम वडा संगठन कमिटिका अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता एवं सल्लाहकार महलाल पौडेलको संचालनमा सम्पन्न भएको थियो। पूर्व जननिर्वाचित वडा सदस्य समेत रहनुभएका टिका वनको यहि मंसिर ५ गते ७५ वर्षको उमेरमा निधन भएको थियो। वनका श्रीमति सहित ४ छोरा तथा १ छोरी रहनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend