logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा ढुंगाले लागेर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुुल्मी मंसिर १३ ।
गुल्मीमा ढुंगाले लागेर हिजो एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडेमा लु १ क १३०३ नम्बरको जेसिबिले बाटो खन्ने क्रममा खसेको ढुंगाले लागेर ३५ वर्षकी श्यामकुमारी मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो शुक्रवार दिउसो घाँस काटी रहेको बेला माथीबाट खसेको ढुंगाले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जेसिबि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाडहाडेमा नादीबाट मसेरा भन्ने स्थान तर्फ कच्ची सड्क बिस्तार गर्न काम भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend