साझा नेटवर्क
अनिल खत्री, गुल्मी मंसिर १३।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा देखिएको बिवादमा घिउ नथप्न आग्रह गरेका छन् ।
गुल्मीको नयाँगाउँमा नेपाल कम्युनिष्ट पार्टीका नेता बोमबहादुर खड्काकोे शोक सभामाबोन्दै मन्त्री ज्ञवालीले सके बिबादमा पानी राख्न र नसके घ्यू नराख्न लागि आग्रह गरे। नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट उपगुट बनाएर अनाबश्यक रुपमा फेसबुक र सामाजिक संजालहरु नरङ्ग्याउन सुल्झाए । पार्टीमा देखिएको बिबाद बैठकको माध्यमबाट समाधानहुने बताए । भ्रष्ट्रचारीहरुलाई पाताफर्काएर जेल हाल्ने बताए। मन्त्री ज्ञवालीले बर्तमान सरकारले भ्रष्ट्रचार गर्नै आफना वा अरु जो कोहीलाई पनि जेल हाल्ने चेतावनी दिए।
बर्तमान सरकारले भ्रष्ट्रचारीहरुलाई कारबाही गरेको देखेर देशमा भ्रष्ट्रचारीहरु अताल्लिएको बताए। सुनकाण्ड ,ललितानिवास काण्ड होस या भ्याट छली गर्ने काण्डहरुको उदाहरण दिँदै मन्त्री ज्ञवालीले ठुला ठुलाब्याक्तिहरु पनि जेलमा रहेको बताउँदै नेकपा, काँग्रेस, राप्रपाजो भएपनि नछाड्ने दाबी गरे।
कार्यक्रममा स्थायी कमिटी सदस्य,पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्बर–२ का सांसंद गोकर्ण बिष्टले कुनै सीमित नेताहरुको चाहानामा पार्टी बिभाजन नहुने बताए । पार्टीमा देखिएको बिवाद समधान भएर एक ढिक्का भएर अगाडी बढने बताए ।
कार्यक्रममा लुम्बिनीप्रदेशका सामाजिकबिकास मन्त्री सुदर्शन बराल लगायत जिल्ला स्तरिय नेताहरुले नेताबोम खडकाले देखेका सपनाहरु, बिकास निर्माणका बाँकीकामहरु पुरा गर्नुपर्नेमा जोड दिए। शोक सभामाबोल्ने बत्ताहरुले बोम खडका पार्टीको एक असल रणनीतिकार, परिपक्व नेता र संयोजनकारी नेताभएको चर्चा गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend