logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी जिप दुर्घटना अपडेट : पाँच जनाकाे मृत्यु, तीन घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टाेपलाल अर्याल, गुल्मी मङ्सिर १२ ।
गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ ।दुर्घटनामा तीन जना घाइते भएका छन् । हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परेर इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुसल रहेको अधिकारीले बताए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend