logo
  • शुक्रबार, असोज ९ २०८३

मनिष लामाको राष्ट्रिय गित “मेरी आमा” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ ।
सुमधुर आवाजका धनि गायक मनिष लामाको राष्ट्र प्रेमले ओतप्रेत भएको नयाँ राष्ट्रिय गित “सम्झन्छु मेरी आमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतको माध्यम बाट देशका युवापिडिहरुलाई जागरुक बनाउदै आफ्नो मातृभूमि प्रतिको कर्तब्यलाइ नबिर्सन र नेपालीहरु संसारको जुनसुकै ठाउँमा जहाँ रहे पनि मन भने नेपालीनै रहिरहने संदेश गित मार्फत दिन खोजिएको छ।

आफ्नो भेषभुषा, कला संस्कृतिलाइ जगेर्ना गर्दै आफ्नो देश नेपाल आमा प्रतिको माया देखाइएको छ । शब्द संगीत तथा स्वर मनिष लामाको रहेको यस गीतलाई बासुदेब श्रेष्ठले एरेन्ज गरेका छन्। अर्जुन तिवारीले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ मनिष लामा आफैले निर्देशन गरेका हुन्। भिडियोमा मनिष लामा लगायत साथीहरुलाइ फिचर्ड गरिएको छ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend