logo
  • सोमबार, असोज १२ २०८३

पश्चिमाञ्चल यातायात समितिद्वारा मजदुर बीमाको ३ लाख मृतकको परिवारलाई प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

यमलाल भुसाल, बुटवल मंसिर १० ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मजदुर वीमा वाफतको ३ लाख रुपैया मृतकको परिवारलाई प्रदान प्रदान गरेको छ । समितिमा आवद्ध ट्रक व्यवसायीका चालक र सहचालकको मृत्य हुदाँ परिवारलाई राहात होस भनी समितिले लगानी गरि जनही ३ लाख बरावरको मजदुर बीमा गरि दिने व्यवस्था मिलाएको छ ।

ना २ ख ८४८१ नम्बर ट्रकका चालक पूर्ण बहादुर भुर्जेलकोे गत माघ १४ गते रुपन्देहीको धकधईमा दूर्घटनामा परि ज्यान गएको थियो । चालक भुर्जेलको ज्यान गएकोमा परिवारलाई राहात हुने गरि समितिले गरिदिएको बीमा रकम प्राप्त भएको ३ लाखको चेक बुधवार एक समारोहका बीच नीजकी श्रीमती सुनिता भुर्जेललाई प्रदान गरिएको हो ।

समितिले आफ्ना व्यवसायीका मजदुरको सवारी चलाउदा दूर्घटनामा परि मृत्यु हुदाँ राहात स्वरुप ३ लाख रुपैयाँ पाउने गरि गरिएको बीमा वाफतको रकम प्रदान गरिएको समितिका अध्यक्ष यम प्रसाद पाडेले बताउनु भयो । बीमा रकम हस्तान्त्ररण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रताब बहादुर कार्की महासचिव जीत बहादुर भाट, कोषाध्यक्ष हरि रिमाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend