logo
  • शुक्रबार, असोज ९ २०८३

संचारकर्मी अनिल खत्रीको “खुन”सार्वजनिक (भिडियोसहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

विष्णु राउत,गुल्मी मंसिर १० ।

लोक तथा दोहोरी गीतको भिडमा अनिल खत्री एक बहुप्रतिभा भएका कुशल सञ्चारकर्मी तथा गायकका रुपमा स्थापित नाम हो । गायन, शब्द लेखन, तथा कुशल सञ्चारकर्मी यी सबै विधामा उत्कृष्ट मानिएका खत्री अहिले निकै व्यस्त मानिन्छन् । उनको आवाज, श्रृजनामा अहिले लगातार जसो गीतहरु बजारमा आईरहेका छन् । जसलाई दर्शक स्रोताले अत्याधीक रुचाएका पनि छन् ।उनै गायक केसीको आवाजमा लोक गीत “खुन” भर्खर मात्रै सार्वजनिक भएको छ । गणेश अधिकारीको लय शब्द रहेको गीतमा स्वयम् गायक तथा कुशल सञ्चारकर्मी अनिल खत्री र विष्णु मुखियाको उत्कृष्ट स्वरले भरिएको छ । उक्त गीतमा प्रेम जोडी एउटा गरिबीको कारणले विछोडिन परेको कुरा दर्साइएको छ । मात्रै दुई प्रेम जोडी भएको एउटा सानो खुसीको आगमन हुदैछ भन्ने खबर पछी छाएको खुसिमा बाँचेका जोडि गीतमा बिछोडिएका छन् । प्रेम जोडिको आगमन संगैको अनेकौं मिठा सपना बुनेर रमाइरहेका प्रेम जोडिलाई एकाएक विछोडिन वाध्य हुनु पर्दा एक्लो प्राणिमा दुःखको पहाड बर्सिन्छ यहि कथालाई भेषराज अर्याल र सुजाता कुमालले अभिनय मार्फत उतारेका छन् । गीतमा विछोडिएर एक अर्कोलाई भुल्न नसकेर एक आपसमा पागल बनेको त्यो दृश्य निकै पिडादायी बनेको छ ।

गीत बजारमा आउनु अगाडि नै टिकटकमा निकै रुचाईएको छ र सबैले पर्खिएको गीत पनि हो । गीतलाई स्वयम् गायक तथा कुशल सञ्चारकर्मी अनिल खत्री र भेषराज अर्यालले निर्देशन गरेका छन् भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ। भने सम्पादन तथा छायांकन कैलाश पोख्रेलले गरेका हुन्। गीतको म्युजिक भिडियो (भिडियो नेपाल) युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतले दर्शकश्रोताको अत्याधीक मन जितोस् शुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend